ग्रामीण पर्यटन, यसो गरे कसो होला ?

दोस्रो विश्वयुद्धपछि जापानले गरेको विकास एउटा जादुभन्दा कम छैन । युद्ध र अणुबमले थलिएको कुनै देश यति छिटो कसरी उन्नत हुन सक्छ ? हरेकको मनमा पर्ने प्रश्न यही नै हुन्छ । विकासका सन्दर्भमा आयोजित विशेष गरी जापानी विकासबारे विदेशी विद्यार्थीलाई लक्षित एकहप्ते सेमिनार स्मरणमा ताजै छ । सयौं मुलुकका सहभागीहरूको साझा र एउटै चासो दोहोरिन्छ । आफ्नो मुलुक पनि जापानजस्तो बनाउने कसरी ?
सुडानका एक शिक्षक सहभागीले प्रश्न गरे, ‘तुलनात्मकरूपमा प्राकृतिक स्रोत र साधनसम्पन्न अफ्रिकी देशहरूले किन छिटो प्रगति गर्न नसकेका होलान् ? जापानले प्राकृतिक श्रोत र साधनका अभावमा पनि कसरी विकास गर्न सकेको होला ?’ वास्तवमा यो हामी सबैको साझा र प्रतिनिधिमूलक प्रश्न थियो । जापानी प्रोफेसरले भने, साधन र श्रोत छ भन्ने मनोविज्ञानले मान्छेलाई अल्छी बनाउँछ । यसलाई विकासको सिद्धान्तमा ‘डच डिजिज’ भनिन्छ । धेरैजसो अल्प विकसित मुलुकहरू दुर्भाग्यवस यो रोगका शिकार बनेका छन् ।
संसारमा नहुनेले नै कि गर्नुपर्छ या मर्नुपर्छ । उसैका लागि अनिवार्य हुन्छ विकास र परिवर्तन । जापानको परिवर्तनको आधार यही हुनुपर्छ । विकासमा निजी तथा सार्वजनिक साझेदारीको उदाहरण जापानले धेरै दिएको छ ।
संयोगले भ्रमण वर्ष २०२० मा हामीले हजार कोशिष गरे पनि विलासिता मात्रका लागि कोही पर्यटक नेपाल आउलान पत्याउन कठिन पर्छ । विकसित मुलुकको तुलनामा जादुई केवल कार र बाटाघाटा बनाउनभन्दा पनि प्राकृतिक नजरमा हाम्रो सामर्थ्य हो । सम्भवतः पर्यटकहरूलाई हामीले विकासभन्दा बढी अपूर्व प्रकृति र हिमाल हेर्न बोलाउँछौं । हो, हिमाल चढ्न आउ, मज्जले ट्रेकिङ्ग गर र अर्गानिक जीवनको स्वास फेर भनेर प्रचार–प्रसार गरिन्छ । नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा प्रस्तावित ग्रामीण पर्यटन नै हाम्रो दिर्घकालीन अवसर र गन्तव्य दुवै हो ।
हाम्रो समाज शहर उन्मुख भएको छ । पर्यटन विकास मुलुकको साझा लक्ष्य र पहिचान गरेको सम्भावित क्षेत्र हो । यसैलाई टेकेर हरेक नगरपालिकाहरूले ग्रामीण पर्यटनको कार्ययोजना बनाउन् । कम्तीमा एउटा राम्रो मोडेल हुने गरी ट्रेकिङ्ग बाटो खोलुन् । प्रस्थानविन्दुमा हेल्थ डेस्क, स्वस्थ पिउने पानी, विश्रामस्थल, होम स्टे जस्ता आतिथ्यको प्रबन्ध मिलाइयोस् । फर्कदा सन्तुष्टि मापनको सर्भेक्षण फाराम भराउँदै गुणस्तर कायम गरियोस् ।
विशेष गरी ग्रामीण पर्यटनको चर्चा गर्दैगर्दा सडकको विस्तार रोक्नुपर्ने र यसको गुणस्तरमा थप ध्यान दिनुपर्ने देखिन्छ । हिमाल, पहाड, तराईका अतिरिक्त बुद्ध, पाणिनि, पतञ्जली र राजा जनकको प्रिय एवं पवित्रभूमिलाई संसारसामू खोल्न सर्वप्रथम आन्तरिक पर्यटनमा यसको परिचय बन्न जरूरी देखिन्छ । आजको साघुरो विश्वमा बुद्धत्व पाउन, प्रकृति हेर्न र शान्तिको प्रार्थना गर्न नेपाल नै जानुपर्ने मौलिक र अनुकूलन प्रस्तावित सपनाको नाम हो ग्रामीण पर्यटन ।
यो लेख अशोक कुमार क्षेत्रीले अनलाइनखबरमा प्रकाशित गर्नुभएको हो (मिति २०७६ माघ २७) । तलको बटनबाट मूल साइटमा गई पूर्ण लेख पढ्न सकिन्छ ।
पूर्ण लेख «अनलाइनखबर» मा उपलब्ध छ ।
पूर्ण लेख पढ्नुहोस्